प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीलाई एक हजार घुस दिन खोज्ने पक्राउ


प्रशासन संवाददाता

१३ फाल्गुन २०७७, बिहिबार


घुस

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठलाई प्रहरीले मङ्गलवार बेलुकी पक्राउ गरेको हो ।

श्रेष्ठले मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात् प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात् उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस