श्रोत नखुलेको साढे २५ लाख रुपैयाँसहित दुई पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

श्रोत नखुलेको साढे २५ लाख रुपैयाँसहित दुई पक्राउ


प्रशासन संवाददाता

१३ फाल्गुन २०७७, बिहिबार


धनुषा । धनुषाबाट स्रोत नखुलेको साढे २५ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

नगराईन नगरपालिका–२ नगराईन बजारस्थित महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने ३५ वर्षीय संजय कुमार साहको नेहा फेन्सी स्टोरबाट श्रोत नखुलेको २५ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही स्टोरका सञ्चालक संजय र भारत विहार बस्ने २४ वर्षीय सुमित कुमार यादव रहेका छन् ।

उक्त स्टोरमा भारतबाट अवैध रूपमा लुकाई ल्याई नेपाली रुपैयाँ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस