नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित


१३ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ। आज पनि बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे बस्ने गरी तय भएको स्थायी कमिटी बैठक गृहकार्य गर्नुपर्ने भन्दै स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिएका हुन् । उनले भने, ‘आज बैठक नबस्ने भयो, एक-दुई दिनपछि बस्छ ।’

बुधवार बसेको बैठकले सर्वोच्चले १३ दिनभित्र संसद् बैठक बोलाउन दिएको आदेशको पूर्ण पालना गर्ने विषयमा केन्द्रित रही छलफल गरिएको थियो ।

यस्तै पार्टीको आन्तरिक विवादबारे पनि थप बहस गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरूलाई निरन्तरता दिनेलगायतका निर्णय बुधवारको बैठकमा भएको थियो ।

गत पुस ५ गते सरकारले संसद् विघटन गरेपछि सर्वोच्चमा त्यस विरुद्ध १३ वटा रिट परेका थिए । सर्वोच्चले लामो बहसपछि मङ्गलवार ११ गते सरकारको संसद् विघटनको मुद्दा उल्ट्याइ संसद् पुनर्स्थापना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस