ज्योतिषको जोखना र किनबेचको शृङ्खला चल्न सक्छ : डा. भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ज्योतिषको जोखना र किनबेचको शृङ्खला चल्न सक्छ : डा. भट्टराई


१३ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुनः कुर्सीको खेल सुरु हुने खतरा रहेको बताएका छन् । राजनीति सुप्रिमकोर्टबाट नेताको कोर्टमा पुगेको भन्दै अब पुनः राजनीतिमा टाउको गन्ती, ज्योतिषको जोखना र किनबेचको शृङ्खला चल्न सक्ने आंकल गरेका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत संसद् पुनर्स्थापनापछिको राजनैतिक घटनाक्रममाथि व्यङ्ग गर्दै घरज्वाइँलाई खानको धन्दा भनेझैँ उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा रहेको बताएका छन् ।

उनले देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकुन् र नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने रहेको बताएका छन् ।

उनले भनेका छन्,‘सुप्रिम कोर्टपछि राजनीति पुन: दल/नेताको कोर्टमा पुगेको छ। घर ज्वाइँलाई खानको धन्दा भने झैँ उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ। टाउको गन्ती, ज्योतिषको जोखना, किनबेचको शृङ्खला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकुन्, नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’

Tags :
प्रतिक्रिया दिनुहोस