नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज पनि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज पनि


१३ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । मङ्गलवार सर्वोच्चले संसद् विघटनको मुद्दा बदर गरेपछि अबको राजनीतिक कार्यक्रम र आगामी रणनीतिबारे छलफल गर्न बैठक आज पनि बस्न लागेको हो ।

बुधवार बसेको बैठकले सर्वोच्चले १३ दिनभित्र संसद् बैठक बोलाउन दिएको आदेशको पूर्ण पालना गर्ने विषयमा केन्द्रित रही छलफल गरिएको थियो ।

यस्तै पार्टीको आन्तरिक विवादबारे पनि थप बहस गर्नका लागि केन्द्रीय कमिटी बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरूलाई निरन्तरता दिनेलगायतका निर्णय बुधवारको बैठकमा भएको थियो ।

गत पुस ५ गते सरकारले संसद् विघटन गरेपछि सर्वोच्चमा त्यस विरुद्ध १३ वटा रिट परेका थिए । सर्वोच्चले लामो बहसपछि मङ्गलवार ११ गते सरकारको संसद् विघटनको मुद्दा उल्ट्याइ संसद् पुनर्स्थापना गरेको थियो ।

त्यस लगतै दुई खेमामा बाँडिएको नेकपाले बुधवारदेखि आ–आफ्नो समूहको बैठक बोलावट गरेको छ । प्रचण्ड–माधवले बुधवार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाईसमेत भेटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस