सुर्खेतमा तीन दिने सुशासन तथा वित्तीय कार्यशाला गोष्ठी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेतमा तीन दिने सुशासन तथा वित्तीय कार्यशाला गोष्ठी


१२ फाल्गुन २०७७, बुधबार


सुर्खेत । सुदूर पश्चिम र कर्णाली प्रदेशको ३ दिने सुशासन तथा वित्तीय कार्यशाला गोष्ठी सुर्खेतमा सुरु भएको छ । आज(बुधवार) देखि सुरु भएको उक्त गोष्ठी फाल्गुन १२, १३ र १४ गते सञ्चालन हुनेछ ।

गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी, सिचाई ,ऊर्जा विकास कार्यालय र सुदूर पश्चिम अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका, कार्यालय प्रमुख र लेखा प्रमुख गरी ३६ जना गोष्ठीमा सहभागी रहेको सङ्घीय खानेपानी मन्त्रालयका तथा ढल व्यवस्थापन मन्त्रालयले जानकारी दिएको छ ।

जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासो को प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु सम्बन्धी प्रमाण सङ्कलन गरी अविलम्ब महालेखा परीक्षणको कार्यालयमा पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति गराउन कार्यशाला गोष्ठी तय गरिएको मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख नवराज सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस