बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना संक्रमणमुक्त


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस