ओली समुहमा रहेका नेताहरुलाई आफूहरूतिर आउन दाहाल-नेपाल समुहको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली समुहमा रहेका नेताहरुलाई आफूहरूतिर आउन दाहाल-नेपाल समुहको आग्रह


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समुहको बुधबार बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्च अदालतको निर्णय ऐतिहासिक ठहर गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यस अघि प्रतिनिधिसभा विघटन विरुद्ध आफुहरुले गरेको आन्दोलनमा सहभागिता जनाएकोमा सो समूहको बैठकले आभार प्रकट गर्ने निर्णय पनि गरेको उनले बताए।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्टपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।

सरकारको उक्त कदम संविधान विपरित र लोकतन्त्रको विरुद्ध रहेको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो । सो रिटमाथि लामो समयदेअि संबैधानिक इजलासमा सुनुवाई पछि मंगलबार अदालतले संसद विघटन बदर गर्दै पुनस्थापना गर्ने आदेश जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस