नेप्से साढे १२ अङ्कले उकालो लाग्यो, निफ्राका लगानीकर्ताले पाँच प्रतिशत गुमाए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेप्से साढे १२ अङ्कले उकालो लाग्यो, निफ्राका लगानीकर्ताले पाँच प्रतिशत गुमाए


प्रशासन संवाददाता

१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

बुधबार जलविद्युत र अन्य केहि समूह बाहेक अन्य क्षेत्र समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १५ अङ्कले, होटलको साढे ४६, व्यापारको साढे एक , विकास बैंकको १८ , फाइनान्सको ६ , माइक्रो फाइनान्सको २२ , निर्जीवन बीमाको एक सय ८४ र जीवन बीमा समूहको शेयर एक सय अङ्कले बृद्धि भएको छ ।

आज (बुधबार) दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । तर निफ्राको शेयर कारोबारमा भने दिउँसो केहीबेर समस्या आएको थियो ।

यस्तै आज आर्ईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने निफ्राका शेयरधनीले ५ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस