डा. गोविन्द केसीको अनसन स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डा. गोविन्द केसीको अनसन स्थगित


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । डाक्टर गोविन्द केसीले बुधबारदेखि सुरू गर्ने भनिएको अनसन स्थगित गरेका छन्। माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै आफ्नो अनसन स्थगित गरेको जानकारी गराएका हुन्।

संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकोले अनसन स्थगित गरेको उनले बताए।

‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरू गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तर हामीसित विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने जानकारी गराउँछौं।’

उनले ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्तिहरु तत्काल सच्याउन समेत माग गरेका छन् । उनले भनेका छन्ः ‘खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए ती तत्काल सच्चिनुपर्छ ।’

डा. केसीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस