काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्।
बुधवार राष्ट्रिय युवा संघको भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता बस्नतेले सर्वोच्चको फैसला जनताको भावनाअनुसारको नआएको बताएका हुन् ।
उनले भने, ‘सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ। सर्वोच्चले मनमहोन अधिकारीलाई पनि हराएको थियो, तर मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्, नेपाली जनताको मनबाट कहिल्यै हराएनन्।’
नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रि पद्धतिलाई स्वीकार नगर्ने बताए । उनले भने, ‘आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ तर, अदालतको यो फैसला विवादित फैसला हो। सर्वोच्चको फैसला जनताको भावनाअनुसारको फैसला होइन, यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन।’
अदालतले प्रधानमन्त्री ओलीलाई हराएपनि नेपाली जनताले जिताउने नेता बस्नेतको जिकिर छ । उनले आफूहरु अदालतको फैसला स्वीकार गर्ने र कार्यान्वयन गर्ने बताए।