प्रचण्ड–माधव चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड–माधव चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किए


१२ फाल्गुन २०७७, बुधबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहले चितवनमा बुधवार आयोजना गर्ने सभालाई सम्बोधन नगरी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल काठमाडौँ फर्किएका छन् ।

बुधवारको सभालाई सम्बोधन गर्न मङ्गलवार चितवन पुगेका प्रचण्ड नेपाल सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै काठमाडौँ फर्किएका हुन् ।

सर्वोच्च अदालतले मङ्गलवार प्रतिनिधिसभा विघटनको मुद्दा बदर गरेपछि प्रचण्ड माधव समूहले आज देशभर विजयसभा गर्दै छ । काठमाडौँको शान्तिबाटिकामा आयोजना गरिन लागेको विजयसभामा सहभागी हुन दाहाल र नेपाल काठमाडौँ फर्किएका हुन् ।

आजै प्रचण्ड माधवसमूहले पार्टी कार्यालय पेरिसडाँडामा संसदीय बैठक पनि बोलाएको छ । संसद् बैठकमा आगामी कार्यक्रमका लागि महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।

प्रचण्ड माधव आज बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौँ आएका हुन् । चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस