अहिले दिपावली मनाउने बेला होइन : बाबुराम भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अहिले दिपावली मनाउने बेला होइन : बाबुराम भट्टराई


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले दीपावली मनाउने बेला नभएको बताएका छन् । बुधवार बिहान ट्विट गर्दै डा. भट्टराईले अहिले दिपावली बनाउने बेला नभइ गम्भीर आत्मसमीक्षा भएको बताएका हुन् ।

उनले भनेका छन्,‘अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो। देश पुस ५ मा फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तिरत छन् : भष्मासुरलाई कसले हुर्कायो/पाल्यो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ?,’ उनले प्रश्न गरे, ‘राजनीतिक नेतृत्व यति भ्रष्टरमूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी? ममःभनौं।’

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका भट्टराईले देश पुस ५ मा फर्केको बताएका छन्। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए। मंगलबार सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस