ओलीले अर्को नौटङ्की गरे दुर्गति हुने प्रचण्डको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले अर्को नौटङ्की गरे दुर्गति हुने प्रचण्डको चेतावनी


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउँदै अर्को नौटङ्की गरे दुर्गति हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद् पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।

अध्यक्ष द्वय प्रचण्ड र माधवले एक अर्कालाई मिठाई खुवाउँदै अबिर माला गरेपछि सहभागीहरूलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले अझै अर्को नौटङ्की गरे ओलीको दुर्गति हुने चेतावनीसमेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस