सुरक्षा परिषद बैठकलगत्तै प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुरक्षा परिषद बैठकलगत्तै प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र चार वटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन् ।

आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बसेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाइलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको बालुवाटार स्रोतले बताए ।

एकै दिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद् बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस