मंगलबार थप ११० जनामा कोरोना पुष्टि, १०२ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मंगलबार थप ११० जनामा कोरोना पुष्टि, १०२ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपालमा आज (मंगलबार) थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ।

पछिल्लो २४ घन्टामा १०२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस