२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको (क्यगतज ब्कष्बल च्भनष्यलब िब्लष्मयउष्लन इचनबलष्शबतष्यल ९क्ब्९च्ब्म्इ०) बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ्ग सम्बन्धी गतिबिधीहरुको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ्ग सम्बन्धी कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।

नेपालमा हाल सम्म पनि एन्टीडोपिङ्गको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङ्गको संस्था संचालन गर्न निकै ठुलो धनराशि आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भईरहेको जनाइएको छ ।

यस्तै डा. शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घको एन्टीडोपिङ्ग कमिसनको सदस्यमा समेत मनोनित भएको डा. शाह स्वयंले जानकारी गराएका छन् । महासङ्घले बिश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढी राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।

हाड तथा जोर्नी विज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल वीर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएका छन् ।