सर्वोच्च अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ : अध्यक्ष दाहाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्च अदालतले सही फैसला गर्नेछ भन्ने विश्वास छ : अध्यक्ष दाहाल


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

गत पुस ५ गते सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन लोकतन्त्र विरुद्ध भएको भन्दै विभन्न किसीमको विरोध सधा, समारोह र आन्दोलन हुँदै आएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन विरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने ।

पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर वर्षौँको आन्दोलनबाट प्राप्त उपलब्धी अपहरण गर्ने प्रयासमा लागेकाले त्यस विरुद्ध देशव्यापी शान्तिपूर्ण आन्दोलन रुपी युद्धमा रहेको प्रचण्डले बताएका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस