प्रतिनिधिसभा विघटन मुद्दामा आज हेर्दाहेर्दैमा पेसी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा विघटन मुद्दामा आज हेर्दाहेर्दैमा पेसी


११ फाल्गुन २०७७, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतले सुनुवाइको सम्पूर्ण प्रक्रिया पुरा गरेर आजका लागि हेर्दाहेर्दैमा पेसी तोकेको छ । संवैधानिक इजलासमा उक्त मुद्दामाथिको सम्पूर्ण सुनुवाइ प्रक्रिया पुरा भइसकेर फैसलाको अन्तिम चरणमा पुगेको मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला पनि फैसला हुनसक्ने इजलासले बताएको छ । सम्भवतः एक साता भित्रमा फैसला आउन सक्ने बताइएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेका थिए । उक्त रिटमाथि संवैधानिक इजलासमा गत माघ ४ गतेदेखि बहस सुरु भएको थियो । फागुन ७ गते बहस सकिएको थियो । प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर सुनुवाइ भएको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी थिइन । त्यसको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो ।

सरकारको उक्त कदमको विरुद्धमा नेकपा–प्रचण्ड माधव समूह विद्यार्थी सङ्गठन, नागरिक समाज, प्रतिपक्षी दलहरूलगायतले देशव्यापी आन्दोलन गर्दै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस