नासाद्वारा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडिओ(हेर्नुस् दृश्य) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नासाद्वारा पर्सिभिअरन्स अवतरण गर्दै गरेको अद्भुत भिडिओ(हेर्नुस् दृश्य)


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा अवतरण गर्दै गरेको पर्सिभिअरनस रोभरको अद्भुत भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ। त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ।

उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ।

छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो।

भिडिओ : 

 

Tags :
प्रतिक्रिया दिनुहोस