प्रहरी निरीक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी निरीक्षकको लिखित परीक्षा नतिजा सार्वजनिक(नामावलीसहित)


प्रशासन संवाददाता

११ फाल्गुन २०७७, मंगलबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले सोमबार सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

यहीँ मङ्सिर २८, २९ र ३० गते परीक्षा सञ्चालन भएको थियो । परीक्षामा एक हजार नौ सय १८ जना सहभागी भएकामा दुई सय १३ जना उत्तीर्ण भएका छन् ।

प्रहरी निरीक्षकका लागि खुला तर्फ ८२ जना माग गरिएकोमा ११५ जना पास भएका छन् । यसैगरी अमर÷अशक्त प्रहरी परिवारकाबाट ३ जनाको माग भएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै महिलाका लागि १३ जनाको माग भएको मा २१ जना छनौटमा परेका छन् । आदिवासी जनजातिबाट २१ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् । मधेसी तर्फ १८ जनाको माग भएकोमा ३२ जना छनोटमा परेका छन् । यसैगरी दलित कोटा तर्फ १० जनाको माग भएको थियो भने १५ जना छनौटमा परेका छन् । पिछडिएको क्षेत्रबाट ४ जनाको लागि माग भएकोमा १० छनोटमा परेका छन् ।

आयोगले अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नतिजाको नामावली :

 

Tags :
प्रतिक्रिया दिनुहोस