अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ 


प्रशासन संवाददाता

११ फाल्गुन २०७७, मंगलबार


बाँके । नेपालगन्ज उपमहानगरपालिका–१६ भन्सार चेक प्वाइन्टमा चेक जाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भन्सार सुरक्षा गार्ड नेपालगन्ज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका खान उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस