२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

अ+ अ-

क्वालालम्पुर । महिला र बच्चालगायत दर्जनौं रोहिंज्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएका अन्तर्राष्ट्रिय अधिकार समूह तथा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले सोमबार बताएका छन् ।

बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा गर्ने गर्छन् । यसरी सामुद्रिक मार्गमा लामो यात्रा गर्दा वर्षेनी सयौँ शरणार्थीले अकालमा ज्यान गुमाउने गरेका छन् ।

दुर्घटनाग्रस्त डुङ्गा ६५ महिला तथा बालबालिकासहित ९० जना शरणार्थी लिएर फेब्रुअरी ११ मा बङ्गलादेशबाट छुटेको एएफपीलाई प्राप्त विवरणमा बताएको छ ।

रोहिंज्याहरू चढेको डुङ्गालाई निगरानी गरेको अराकन प्रोजेक्ट नामक संस्थाका क्रिस लेवाका अनुसार डुङ्गा दुर्घटनापछि केही व्यक्ति लिएर पुनः समुद्रमा यात्रारत डुङ्गामा पानी र खाद्यान्न अभाव भएको र भारतको अण्डामान तथा निकोबार टापू नजिकैको समूद्री तटमा बगिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले घटनामा छ महिला तथा दुई पुरूषले ज्यान गुमाएको पुष्टि गरेको छ । भारतीय समुद्री अधिकारीहरू घटना लगत्तै हाल यस क्षेत्रमा आइपुगेका उनीहरूले आप्रवासीहरूलाई अत्यावश्यक खाद्यान्न तथा अन्य सामान आपूर्ति गरेको बताइएको छ ।