ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु


१० फाल्गुन २०७७, सोमबार


काठमाडौँ। ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई जावलाखेल ट्राफिक चेकपोष्ट नजिकै भैंसीपाटी जाँदै गरेको बसले ठक्कर दिँदा स्कुटरमा सवार करिब ३३ वर्षीय महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिलाको परिचय भने खुल्न नसकेको ट्राफिक कार्यालय जावलाखेलले जनएको छ ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

दुर्घटना हुने बेला जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस