गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत भेटिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत भेटिए


१० फाल्गुन २०७७, सोमबार


गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । सुलिकोट गाउँपालिका–१ बारपाकका ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमबार बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बिहान अबेरसम्म घरको ढोका नखोलेकोले छिमेकीहरूले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । बारपाकबाट प्रहरी टोली घटनास्थल पुगेको हो ।

प्रहरीका अनुसार मृतकहरूको मुखबाट फिँज आएकोले विषालु च्याउ खाएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम रिपोर्टबाट थप कारण खुल्ने बारपाक प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस