प्रदेश २ का प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ का प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समर्थक युवाहरुले स्वागत गरेका छन् ।

प्रदेश प्रमुख झालाई आज (आइतबार) जनकपुर विमानस्थलमा १०१ किलोको माला लगाएर युवाहरुले स्वागत गरिएको हो । उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए ।

नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुखको स्वागतमा मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

सोही दिन तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस