भक्तपुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भक्तपुरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । भक्तपुरबाट लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा(१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् ।

भक्तपुर नगरपालिका(१ स्थित डा। इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आइतबार बिहान उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ सय थान डाइजोपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनेरागन बरामद भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस