बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्योपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवाको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

लामो समयदेखि पेटको समस्या रहेका डा.भट्टराई काठमाडौँस्थित निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उनलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि चिकित्सहरुको सल्लाह र सिफारिशमा उनी दिल्ली जान लागेका हुन् । दिल्लीको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्स’मा उनको उपचार हुनेछ ।

उनीसँगै हिसिला यमी र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस