गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि आक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि आक्रमण


९ फाल्गुन २०७७, आइतबार


हेटौँडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेको प्ररहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीमाथि राक्सिराङ गाउँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यसैबीच राक्सिराङ–१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस