अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी, सुरक्षित अवतरण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी, सुरक्षित अवतरण


एजेन्सी

९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । अमेरिकामा उडिरहेको विमानको इन्जिनमा आगलागी हुँदा आकस्मिक अवतरण गरिएको छ । डेन्वरमा बोइङ्ग ७७७ को एकभागमा आगलागी भई भग्नावशेष स्थानीयको घरमा झरेको थियो।

सो विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए। सबै यात्रु सकुशल रहेको बताइएको छ ।

विमानको एक भागमा आगलागी भएको थियो । यद्यपि उक्त विमान डेन्वर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय प्रहरीका अनुसार विमानको भग्नावशेष ब्रूमफिल्डका एक बासिन्दाको घरको बगैँचामा खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस