पूर्वप्रधानमन्त्री डा. भट्टराई उपचारका लागि भारत जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वप्रधानमन्त्री डा. भट्टराई उपचारका लागि भारत जाँदै


९ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारत जाने भएका छन् । डा. भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आइतबार नेपाल वायु सेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

लामो समयदेखि पेटको समस्या रहेका डा. भट्टराई काठमाडौँस्थित निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उनलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि चिकित्सहरुको सल्लाह र सिफारिशमा उनी दिल्ली जान लागेका हुन् । दिल्लीको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्स’मा उनको उपचार हुनेछ ।

उनीसँगै हिसिला यमी र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस