फेवातालको सरसफाइमा युवा सङ्घको सक्रियता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेवातालको सरसफाइमा युवा सङ्घको सक्रियता


८ फाल्गुन २०७७, शनिबार


गण्डकी । युवा सङ्घ नेपाल वडा कमिटी पोखरा–६ लेकसाइडद्वारा फेवातालस्थित बाराहिघाटमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो ।

‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सङ्घमा आबद्ध पदाधिकारी तथा सदस्य, आमा समूह, डुङ्गा व्यवसायी समितिको सहभागिता रहेको थियो ।

बयालिस वर्षअघि निर्माण गरिएको फेवाबाँध मर्मतका लागि पानीको सतह घटेपछि तालको किनारामा देखिएको फोहर सङ्कलन गरी आवश्यक व्यवस्थापन गरिएको थियो । युवा सङ्घ नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बाराही घाटमा फोटो उठाएर कार्यक्रमको शुभारम्भ गर्दै प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोगका युवाशक्तिको सक्रियता भूमिका हुनुपर्ने बताए ।

‘हाम्रा पुर्खाले हामीलाई बुझाएको फेवाताल भावी पुस्तालाई बुझाउनु अपरिहार्य छ’, उनले भने, ‘त्यसका लागि युवा शक्ति सङ्गठित भएर अघि बढ्नुको विकल्प छैन ‘ पानीको सतह सुकेको वर्तमान अवस्थामा ताल अतिक्रमणबाट जोगाउनुका साथै सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रम संयोजक सञ्जिव पहारी, सङ्घका अध्यक्ष आविष्कार तिमिल्सिनालगायतले तालसँग धेरैको भविष्य जोडिएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र सरसफाइमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस