दाहाल-नेपाल समुहलाई गृहमन्त्रीको प्रश्न: संसद् पुनर्स्थापनाको माग गर्नेलाई चुनाव चिन्ह किन ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समुहलाई गृहमन्त्रीको प्रश्न: संसद् पुनर्स्थापनाको माग गर्नेलाई चुनाव चिन्ह किन ?


८ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दाहाल-नेपाल समूहप्रति लक्षित गर्दै प्रतिनिधिसभा पुनर्स्थपानाको माग गर्नेलाई चुनाव चिन्ह किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

शनिबार विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले चुनावको विरोध गरे पनि दाहाल–नेपाल समूहले भित्रभित्रै चुनावको तयारी गरेको बताए । ‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह रु’, उनले भन, ‘चुेनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायीत्वका लागि प्रतिनिधिसभा विघटन गरिएकाले यसलाई ऐतिहासिक कदमका रुपमा लिनुपर्ने उनले बताए । उनले प्रतिनिधिसभा पुनर्स्थापना भए संसदमा फोहोरी खेल सुरु हुने जिकिर गरे । सरकाले विकास र सुशासनका काम गर्न प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ ।

मन्त्री थापाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई संवैधानिक भएको जिकिर गर्दै विराटनगरमा उठेको जनसागरले प्रधानमन्त्रीको कदमलाई अनुमोदन गरेको जिकिर गरे।

फरक प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले शान्ति सुरक्षाको चुस्त व्यवस्था गरेको उल्लेख गर्दै भागरथी हत्याकाण्डको आरोपी पक्राउ गर्नुले पनि सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने देखिएको बताए । साथै उनले प्रहरी कञ्चनपुरकी निर्मला पन्तको हत्याराको नजिक पुगिसकेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस