सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गर्ने पक्षमा प्रधानमन्त्री २०० प्रतिशत विश्वस्त : नेता नेम्वाङ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गर्ने पक्षमा प्रधानमन्त्री २०० प्रतिशत विश्वस्त : नेता नेम्वाङ


८ फाल्गुन २०७७, शनिबार


विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले भने, ‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ’, उनले भने, ‘प्रधानमन्त्री ज्यूमाथि मलाई साह्रै विश्वास छ ।’ नेम्वाङले निर्वाचनको माहोल शुरु भइसकेको पनि दावी गरे ।

नेता नेम्वाङले दाहाल-नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उनले भने । उनले दुई तिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

नागरिकता विधेयक, एमसीसी, सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक लगायतका विधेयकहरू संसदमा प्रस्तुत नभएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस