निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको प्रधानमन्त्रीको भनाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको प्रधानमन्त्रीको भनाई


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् ।

७१औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित समारोह सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको हुँ ।’

आयोगमा पुगेरै पनि निर्वाचन तयारीबारे सोधबुझ गरेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘तयारी भइरहेको छ भन्नुभयो तर जनताले निर्वाचन आयोगको तयारीबारे त्यत्ति थाहा पाउन सकेको छैनन्,’ उनले भने, ‘जनताले थाह पाउने गरी, समयमै निर्वाचन गराउने गरी जुट्नुपर्छ । उनले भने ‘कार्यक्रम प्रकाशित भएको छैन, केही भएको छैन, के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन’

उनले कतिपय तत्त्वहरूले यो घोषणा भएको निर्वाचन निर्वाचन नै होइन भन्ने आरोप लगाएको तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि मिति घोषणा गरिएको बताए । चुनावविरुद्ध कुनै प्रकारको षड्यन्त्र हुन नहुनेसमेत उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस