टुँडिखेल मार्चबाट बृहत् नागरिक आन्दोलनले जारी गर्‍यो घोषणा पत्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टुँडिखेल मार्चबाट बृहत् नागरिक आन्दोलनले जारी गर्‍यो घोषणा पत्र


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । बृहत नागरिक आन्दोलनले घोषणा पत्र जारी गरेको छ। शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरिएको हो।

नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु गरेको आन्दोलनमा विभिन्न समूहले ऐक्यबद्धता जनाउँदै आएका छन् । आन्दोलनअन्तर्गत सिंहदरबार महिला मार्च, टीयू मार्चलगायतका कार्यक्रम आयोजना भएका छन् । समूहले शुक्रबार टुँडिखेल मार्च आयोजना गर्दै घोषणापत्र जारी गरेका हुन्।

अधिकारकर्मी जेबी विश्वकर्माले सो घोषणा पत्र वाचन गरी जारी गरेका थिए। घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ।

घोषणा पत्रमा मौलिक हकलाई संकुचित बनाउने ऐन, नियम तत्काल खारेज गर्न निरंकुश चरित्रविरूद्ध आवाज उठाउने भनिएको छ।

त्यस्तै, राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्ने भन्दै लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ भनी उल्लेख गरिएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस