प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा बहस सकिएको छ । एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएको हो ।

यसैगरी फागुन १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् । ु१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११र१२ गतेसम्म जति पनि जान सक्छ,ु जबराले भने, ‘हेर्दाहेर्दैमा पनि सकिन सक्छ।’ १० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

गत पुस ५ गते प्रधानामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन सँग बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको घोषणा लगतै संविधान विपरीत र लोकतन्त्र विपरीत रुपमा संसद विघटन भएको भन्दै सर्वोच्च अदालतमा १३ मुद्दा दर्ता भएका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस