सर्वोच्चमा आज बहस सकिदै, अधिवक्ता पाठकले एमिकस क्युरीतर्फबाट अन्तिम राय दिंदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चमा आज बहस सकिदै, अधिवक्ता पाठकले एमिकस क्युरीतर्फबाट अन्तिम राय दिंदै


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय राख्ने क्रम आज (शुक्रबार) सकिंदै छ ।

एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन शुरु गरेकी छिन् । यसअघि चार जना वरिष्ठ अधिवक्ताले इजलासलाई राय दिइसकेका छन् ।

तीमध्ये तीन अधिवक्ता संसद विघटन गर्न नमिल्ने पक्षमा देखिएका छन् भने एक अधिवक्ताले संसद विघटन हुन सक्ने राय दिएका छन् । संग्रौलाको राय सकिएसँगै फैसला आउने मिति टुंगो लाग्ने सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

इजलासले सहयोगीका रुपमा नेपाल बारका तर्फबाट तीन र सर्वोच्च बारका तर्फबार दुई वरिष्ठ अधिवक्ता माग गरेको थियो । वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले यसअघि नै राय दिइसकेका छन् । त्यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा भएको र लोकतन्त्र विरुद्ध भएको भन्दै परेका रिटमाथि सुनुवाइ अन्तिम चरणमा पुगेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस