आज पनि घट्यो सुनको मुल्य, तोलाको कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज पनि घट्यो सुनको मुल्य, तोलाको कति ?


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस