दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । पेरिसडाँडामा सुरु हुन लागेको बैठकमा पार्टीको आधिकारिकता र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकको निर्णयपछि आजै निर्वाचन आयोग जाने तयारी भएको स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षरसहित आधिकारिकता माग गर्दै आयोग जाने तयारी भएको हो ।

यसका लागि दिउँसो १२ बजे केन्द्रीय कमिटीका नेताहरुलाई पेरिसडाँडा बोलाइएको छ । प्रतिनिधि सभा विघटनपछि दुई समूहमा विभाजित नेकपा दाहाल-नेपाल र ओली समूह आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले भने दुवै समूहलाई मान्यता दिएको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस