नासाको अन्तरिक्ष यान उत्रियो मङ्गल ग्रहमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नासाको अन्तरिक्ष यान उत्रियो मङ्गल ग्रहमा


७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको छ ।

सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मङ्गल ग्रहमा सफल अवतरण गरेको हो ।

मङ्गल ग्रहमा अवतरण गर्नासाथ यानले एक तस्बिर ट्विट गरेसँगै नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरू खुसीले उफ्रिएका थिए ।

‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मङ्गल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठुलो चुनौती ठानिएको थियो ।

सन् १९७० पछि नासाको नासाको यो पहिलो मिसनको काम मङ्गल ग्रहमा जीवनको सङ्केत खोजी गर्ने छ ।

बिबिसीका अनुसार यसले मङ्गल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौँ वर्ष पहिले माइक्रो-अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस