अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा जवाफ दिन आज सर्वोच्च अदालत जाने हुने भएका छन् । प्रधानमन्त्री ओली आफैँ सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ पेस भएका हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्तालाई अशिष्ट र अमर्यादित भाषाको प्रयोग गरिएको उल्लेख छ । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् । प्रधानमन्त्री जाने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै, सर्वोच्च अदालतमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि अवहेलनाको मुद्दा परेको छ ।

यसअघि अवहेलना मुद्दा लगाइएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमै म्याद बुझेर लिखित जवाफ पेस गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस