प्रचण्ड–माधव समूहको विरोध : आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड–माधव समूहको विरोध : आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने


६ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आज काठमाडौँको टुाडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ। चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गगत आज दिउँसो ४ बजे टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको हो।

यतै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी विरोधका कार्यक्रम रहेका छन् । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ।

यो समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको थियो । फागुन ५ गतेदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको छ। विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस