घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ


५ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ११ सयले गिरावट आएको छ । मंगलवार छापावाला सुन प्रतितोला  ९० हजार ९ सय रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य प्रतितोला ११ सयले घटेर ८९ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय ६० रहेको थियो । भने आज मूल्य गिरावट आई प्रतितोला चाँदी १३ सय ४० रुपैँयामा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस