संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता खरेलले चार प्रश्नमा बहस गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता खरेलले चार प्रश्नमा बहस गर्दै


५ फाल्गुन २०७७, बुधबार


High Court_Sarbocha adalat

काठमाडौँ । संसदविघटनको मुद्दामा आज वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले चार प्रश्नमा बहस गर्दैछन् । संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता खरेलले आफ्नो बहस चार प्रश्नमा केन्द्रीद हुने जानकारी दिएका हुन् ।

यस्ता छन् उनका प्रश्न :
१. वर्तमान संविधानको कुनै प्रावधानले प्रष्ट रुपमा निर्विवाद बहुमत प्रमाणित गरेको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार प्रदान गरेको छ कि छैन ?

२. संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीको संसद विघटन गर्ने अधिकारका सम्बन्धमा सार्वभौमिक अभ्यास र मूल्यमान्यता छ कि छैन ? स्पष्ट संवैधानिक प्रावधानको अभावमा कथित अभ्यास र मूल्य मान्यता संसद विघटनको आधार हुन सक्छ कि सक्दैन ? संसदीय अभ्यासमा संसद विघटनको अधिकार स्वतः कार्यकारी प्रधानमन्त्रीको अधिकारभित्र रहेको हुन्छ कि सम्बन्धित मुलुकको संविधानअनुसार हुन्छ ?

३. संसद विघटनको विषय संवैधानिक विषय नभई विशुद्ध राजनीतिक विषय हो कि होइन ? संवैधानिक र राजनीतिक विषय छुट्याउने आधार के हुन्छ ? संसद विघटनको विषय न्यायिक पुनरावलोकन हुनसक्छ कि सक्दैन ?

४. एउटा नागरिक र कानून व्यवसायीको हैसियतले अदालतबाट के निर्णयको अपेक्षा गर्छु ?

Tags :
प्रतिक्रिया दिनुहोस