अमेरिकामा हिमआँधीका कारण २३ को मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा हिमआँधीका कारण २३ को मृत्यु


एजेन्सी

५ फाल्गुन २०७७, बुधबार


टेक्सास । अमेरिकामा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । मंगलबार आएको आँधीले अमेरिकाको टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ।

आँधीको असर नर्थ क्यारोलाइना, ओरेगन राज्यमा पनि परेको छ। कोरोना खोप वितरणलाई पनि प्रभावित पारेको छ। यस्तै आँधीका कारण टेक्सास राज्यका लाखौँ मानिस बिजुलीबाट बञ्चित भएका छन्।

तापक्रम माइनसमा झरेपछि जनजीवन कस्टकर बनेको छ । सडकमा गाडी चलाउन पनि कठिन भएको छ। सुपरमार्केटहरूमा मानिसको भीड लाग्न थालेको छ। मंगलबार केही राज्यहरूमा विद्यालयहरू बन्द गरिएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका चिसोका कारण बिजुलीको माग यति धेरै बढेको थियो कि अधिकारीहरूले सबैभन्दा खराब समयमा पनि यति माग होला भन्ने सोचेकै थिएनन्। माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा एकातिर माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास–फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।

हिमआँधीको असर छिमेकी मेक्सिकोमा पनि देखिएको छ। त्यहाँका विभिन्न राज्यहरूमा पनि बिद्युत सेवा अवरूद्ध भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।

अहिले देशको ७३ प्रतिशत भाग हिउँले ढाकेको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस