९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ


४ फाल्गुन २०७७, मंगलबार


धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी छिन् ।

ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात् बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्न भन्दै उनले घुस मागेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले गंगाजमुना गाउँपालिका– ५ धादिङस्थित उनको डेराबाट ९५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस