एक सातामै दुई पटक मूल्यवृद्धि गर्‍यो आयल निगमले  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक सातामै दुई पटक मूल्यवृद्धि गर्‍यो आयल निगमले 


४ फाल्गुन २०७७, मंगलबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले एक सातामै दोस्रो पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढेको मूल्यपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चलेको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमले दाबी गरेको छ ।

यसअघि निगमले माघ २८ गते बुधवार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस