सडक विभागको महानिर्देशकमा थापा, शर्मा मन्त्रालय तानिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सडक विभागको महानिर्देशकमा थापा, शर्मा मन्त्रालय तानिए


४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ। सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा नियुक्त भएका छन् ।

विभागका महानिर्देशक केशव कुमार शर्मालाई मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव थापालाई पठाइएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थापालाई विभागको महानिर्देशक नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

२०४९ पुस १९ मा जिल्ला सडक डिभिजन कार्यालय नवलपरासीबाट इन्जिनियरका रूपमा सरकारी सेवा प्रवेश गरेका थापासँग डिभिजन कार्यालय काठमाडौँ, पोखरा, बुटवल, महेन्द्रनगरलगायतमा काम गरेको अनुभव छ ।

पछिल्लो समय प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपिलयको समन्वय तथा सहजीकरणमा उपत्यकालगायत देशभरका सडक सुधार तथा विस्तारमा गति लिएको छ भने त्यसैका कारण मन्त्री वसन्त कुमार नेम्वाङले हाइ हाइसमेत कमाएका छन् ।

विभागका तर्फबाट तत्कालीन महानिर्देशक शर्माले गर्न नसकेका कामहरु पुरा गर्न र थप गति दिन थापाको नियुक्ति गरेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस