पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि, ९९ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि, ९९ जना संक्रमणमुक्त


४ फाल्गुन २०७७, मंगलबार


काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३३६० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार नौ सय ४५ पुगेको छ ।

यस्तै थप ९९ जना कोरोना संक्रमित सङ्क्रमणमुक्त भई डिस्चार्न भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । अहिले नेपालमा १ हजार ५८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २हजार ५५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस